सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

27
0
Share:

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्री भएको छ।

बैंकको संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी रकम बोलकबोल गर्नुपर्नेछ।

संस्थापक सेयरधनीहरुलाई सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। अवधिभित्र संस्थापक सेयरधनीहरुले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाएर खरिद आवेदन दिनुपर्नेछ।

Share:

Leave a reply